Kathmandu Press

वाग्मतीको उपसभापतिमा बस्नेत र महर्जन

काठमाडाैं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न भएको वाग्मती प्रदेशको निर्वाचमा उपसभापतिद्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएको...
वाग्मतीको उपसभापतिमा बस्नेत र महर्जन

काठमाडाैं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न भएको वाग्मती प्रदेशको निर्वाचमा उपसभापतिद्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएको छ।

बस्नेत र महर्जनले क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याए। उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १००४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८३९ प्राप्त गरे। 

Hardik ivf

महामन्त्रीमा कञ्चनचन्द्र बादेले ९९५ र राजु श्रेष्ठले ९१० मत ल्याएर विजयी भए। सो पदका लागि छ जनाको उम्मेदवारी परेकामा माइकल रामचन्द्र अर्यालले ८९९, तिलकप्रसाद रुवारीले ७६०, गौरीप्रसाद दवाडीले १८८ र सुरेश श्रेष्ठ ले १६३ मत पाउनु भएको थियो।

महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डंगोल ९४९  मत ल्याएर विजयी भए। सो पदका लागि निर्मला बस्ताकोटी, निरु खड्का, मोतिमाया तामाङ प्रतिस्पर्धी थिए।

खुलातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए। सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी भएको यस अघि नै घोषणा भइसकेको थियो। 

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्