Kathmandu Press

युवा व्यवसायी चिरञ्जीवी थापाले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।महाधिवेशन सुरु हुन दुई दिन बाँकी रहँदा केन्द्रीय नेतृत्वमा पुग्न आकांक्षीहरुले धमाधम...
युवा व्यवसायी चिरञ्जीवी थापाले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।

महाधिवेशन सुरु हुन दुई दिन बाँकी रहँदा केन्द्रीय नेतृत्वमा पुग्न आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्।

यसैबीच युवा व्यवसायी चिरञ्जीवी थापाले कांग्रेस केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाल र जापानमा व्यवसाय सञ्चालन गर्दै आएका उनी मोरङ-१ बाट महासमिति सदस्यमा निर्वाचित भएका हुन्।

उनले खास आर्य क्लस्टरबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

प्रकाशित मिति: १४:४० बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्