Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्यमा अपांगतातर्फ प्रकाश पन्थको उम्मेदवारी घोषणा

काठमाडाैं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुर हुँदैछ। महाधिवेशन सुर  हुन दुई दिन बाँकी रहँदा नेतृत्वमा जान चाहनेहरूले धमाधम...
कांग्रेस केन्द्रीय सदस्यमा अपांगतातर्फ प्रकाश पन्थको उम्मेदवारी घोषणा

काठमाडाैं, मंसिर २१ : नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुर हुँदैछ। महाधिवेशन सुर  हुन दुई दिन बाँकी रहँदा नेतृत्वमा जान चाहनेहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्।

यसैबीच कांग्रेस केन्द्रीय सदस्यमा अपांगतातर्फ प्रकाश पन्थले उम्मेदवारी घोषणा गरेका छन्। उनले आज (मंगलबार) एक विज्ञप्ति जारी गरेर उम्मेदवारी घोषणा गरेका हुन्। अपांगता भएका व्यक्तिहरुको अधिकार प्रप्तिमा केही कार्य सुरु भइसकेको र बाँकी कार्य सम्पन्न गर्न पार्टीको केन्द्रीय नेतृत्वमा अपांगता भएका व्यक्ति पनि पुग्नु अत्यावश्यक रहेकाले आफूले उम्मेदवारी दिएको उनले बताएका छन्। 

Hardik ivf

‘अपांता भएका व्यक्तिहरुको आफ्नै कठिन भोगाइ र सिकाइहरुलाई नेपाली कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपांगता भएका व्यक्तिहरुको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपांगता व्यक्तिको अधिकार प्राप्तिको लडाइँलाई टुंगोमा पुर्‍याउन पार्टी संगठनको नेतृत्वमा केही कार्य सुरुवात भइसकेको छ,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘उक्त बाँकी कार्य सम्पन्न गर्न पार्टीको केन्द्रीय नेतृत्वमा पुग्नु अत्यावश्यक रहेको अवस्थामा लोकतन्त्रवादी, अपांगता अभियान्ता र नेपाली कांग्रेसको कार्यकर्ताको हैसियतले यस १४औं महाधिवेशनमा अपांगतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छु।’

अपांगता हुनुपर्दा धेरै सपना टुटेको र भरोसाहरु ढलेको भएकाले तिनै टुटेका सपना जोड्ने आफ्नो अभियान निरन्तर र अथक रहेको उनको भनाइ छ। ‘अपांगता भएका ब्यक्तिहरुको भरोसा र अधिकार प्राप्तिको अभियान प्रभावकारी र सफल बनाउन अझै धेरै कार्य गर्नु बाँकी नै छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनौ मुद्दा, सवालहरु अझै सम्बोधन र सुनिश्चित हुन सकेका छैनन्।’

संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको र त्यसका लागि ठूलो संघर्ष गर्नुपर्ने परिस्थितिहरु खडा भएको उनले बताएका छन्।। अपांगता भएका तमाम व्यक्तिहरुको भोगाइ, अनुभव र सिकाइलाई अपांगता अधिकार प्राप्तिको अभियानमा जोड्ने र राज्यको नीतिमा समेत समावेश गर्ने कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आफू २५ वर्ष देखि निरन्तर लड्दै आइरहेको उनले बताएका छन्।

अपांगता भएका व्यक्तिहरुको आत्मसम्मानका लागि लडिरहँदा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सदैव सहयोग पाउदै आइरहेको उनको भनाइ छ। ‘मानवअधिकार र सामाजिक न्यायका लागि लड्दै समावेशी युवामैत्री प्रविधियुक्त स्मार्ट कांग्रेस बनाउने अभियानमा मुलुकभरका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरु र सरोकारवालाहरुसँग साथ, सहयोग र अमूल्य मतका लागि विनम्र अनुरोध गर्दछु,’ उनले भनेका छन्।

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्