Kathmandu Press

बलेवामा प्याराग्लाइडिङ : संरचना छ, उडान छैन

बलेवा, मंसिर २१ : बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना...
बलेवामा प्याराग्लाइडिङ : संरचना छ, उडान छैन

बलेवा, मंसिर २१ : बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । 

व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना  प्रयोगमा आउन नसकेका छैन । बलेवा प्याराग्लाइडिङस्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएकोे जानकारी दिए। 

पोखराको प्याराग्लाडिङको विकल्पका रुपमा विकास गर्ने जनाउँदै प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यहाँ संरचना निर्माण गरेको थियो ।

Hardik ivf

मन्त्रालयको पर्यटन महाशाखाले सरोकारवालाको बैठक राखेर प्याराग्लाइडिङ सञ्चालन हुने जनाउँदै पूर्वाधार निर्माणको काम लगाएको थियो । यसपछि पश्चात् यहाँ प्याराग्लाइडिङ हुने÷नहुने भन्ने विषय अन्योलमा छ । २०७५ सालमा गरिएको बलेवा महोत्सवका समयमा गरिएको परीक्षण सफल भएपछि प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको थियो ।

‘‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउदा विस्थापन हुने प्याराग्लाइडिङको बलेवामा व्यवस्थापन गर्न सकिन्छ भन्ने थियो,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्छन्, ‘‘तर विमानस्थल सञ्चालन र पोखराबाट प्याराग्लाइडिङ विस्थापन हुने नहुने विषय नै विचाराधीन रहेकाले यहाँ तत्काल व्यवसायिक उडानको सम्भावना कम छ।’  तयार भएका संरचना निजी कम्पनीले अनुमति लिएर सुरु गर्न चाहेमा काम गर्न सकिने प्रमुख पौडेलले जानकारी दिए। 

बलेवामा प्याराग्लाइडिङको सम्भावना देखेकाले नै पूर्वाधार निर्माण भएको पौडेलले बताए। ‘‘‘पोखराको प्याराग्लाइडिङ विस्थापन नगरेरै विमानस्थल चलाउन सकिन्छ भन्ने विषयमा छलफल चलेको जानकारीमा आएका छन्,’ उनले भने, ‘यदि पोखरामा दुवै सम्भव हुँदा यहाँ नयाँ व्यावसायिक कम्पनीले उडान गर्न सक्छन्।’ उनले नागरिक उड्ड्यन र पर्यटन मन्त्रालयले टङ्ंगो लगाए बलेवामा नयाँ हिसाबले प्याराग्लाइडिङ चलाउन सकिने जानकारी दिए। 

यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाइडिङका लागि यो उपयुक्त भएको प्यारापाइलट बताउछन् । प्रदेश सरकारले यसअघि परीक्षण सफल भइसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई विकल्पको रुपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो । 

पाँचवटै स्थानमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि भने पहल भएका छैनन् ।‘‘आइकाओको मान्यताअनुसार पोखरामा विमानस्थल सञ्चालनमा आउदा प्याराग्लाइडिङ विस्थापन हुन्छ, मन्त्रालय र महाशाखाले पूर्व तयारी गरेको हो,’  पर्यटन महाशाखाका प्रमुख दुर्गा श्रीषले भने,‘‘अहिले नै प्रयोगमा नआएको भए पनि तयार भएका संरचना प्रयोगमा आउछन्।’ 

मन्त्रालयले सबै संरचनाको विषयमा जानकारी राखेको श्रीषले बताउनुभयो । प्याराग्लाइडिङ उडान गर्नेगरी तयार पारिएका संरचना रहेको स्थान एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्लाको मुकाममाथि शयर गर्न सकिने र सहासिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर रहेको सरोकारवाला बताउछन्। (रासस)

प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्