Kathmandu Press

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु
Hardik ivf

वाग्मती, मंसिर २१ : कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो। 

उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन्। उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्