Kathmandu Press

अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच

कर्णाली, मंसिर २१ः छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढीका अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सोमबार उनीहरूलाई...
अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच

कर्णाली, मंसिर २१ः छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढीका अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सोमबार उनीहरूलाई एकदिने निःशुल्क स्वास्थ्य जाँच गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरको निर्देशनमा प्रहरी निरीक्षक डा शत्रुघन बहारदार नेतृत्वको मेडिकल युनिटको टोली औषधि सामग्रीसहित विकट जिल्ला मुगुमा पुगेर निःशुल्क स्वास्थ्य जाँच गरेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। यही कात्तिक २९ गतेको भीषण आगलागीपीडित भएका २१ घरपरिवारका ८० जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रवक्ता श्रेष्ठले बताए। 

Hardik ivf

अग्निपीडित, सर्वसाधारण र प्रहरी कर्मचारीका परिवार गरेर २६९ जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रहरी निरीक्षक डा शत्रुघन बहरदारले जानकारी दिए । 

विकट जिल्लाका भूपू, अशक्त र बहालवाला प्रहरी कर्मचारीका परिवार, अग्निपीडित सर्वसाधारणलगायतलाई प्रत्यक्षरूपमा निःशुल्क स्वास्थ्य जाँच गर्ने र औषधि दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रहरी निरीक्षक डा बहरदारले बताए। 

‘शिविरमा श्वासप्रश्वास, हाडजोर्नी तथा मांसपेशी, पाठेघर, छाला तथा खानपिनबाट लाग्ने रोगको बिरामी भेटिए’, उनले भने, ‘हामीले स्वास्थ्य जाँचसहित उहाँहरूलाई निःशुल्क औषधि वितरण गरेका छौँ।’ 

उनका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट १४७ महिला, १०१ पुरुष र २१ जना भूपू, असक्त र कार्यरत प्रहरी कर्मचारीका परिवारले निःशुल्क उपचार सेवा लिएका छन् । त्यस्तै प्रहरी निरीक्षक जगदीश भट्टको नेतृत्वमा यही मङ्सिर २३ गते कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

प्रकाशित मिति: १०:४३ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्