Kathmandu Press

स्काउटको तदर्थ समिति संयोजकमा रविन दाहाल, सहसंयोजकमा खत्री

काठमाडौं, मंसिर २० : नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति संयोजकमा रविन दाहाल नियुक्त भएका छन्।युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मंसिर १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार...
स्काउटको तदर्थ समिति संयोजकमा रविन दाहाल, सहसंयोजकमा खत्री

काठमाडौं, मंसिर २० : नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति संयोजकमा रविन दाहाल नियुक्त भएका छन्।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मंसिर १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार दाहाललाई संयोजकमा नियुक्त गरेका हुन्। उनलाई प्रमुख आयुक्तको जिम्मेवारी पनि दिइएको छ। 

Hardik ivf

सोही समितिको सहसंयोजकमा स्काउट तालिम आयुक्तको जिम्मेवारीसमेत दिएर राजीव खत्रीलाई नियुक्त गरिएको छ । सदस्यको जिम्मेवारी सन्तोषकुमार थापा, बबिता कटुवाल, विजयकिशोर झा, हरिबहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर,  शिवप्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दीपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनारले पाएका छन्। सदस्य कटुवालाई संगठन आयुक्तको जिम्मेवारी पनि दिइएको छ। 

नवनियुक्त पदाधिकारीलाई नेपाल स्काउटका प्रमुखसमेत रहेका मन्त्री गहतराजले मन्त्रालयको सभाहलमा आज (सोमबार) शपथ ग्रहण गराए। सो अवसरमा उनले नवनियुक्त पदाधिकारीलाई स्काउटको अन्तराष्ट्रिय मूल्य मान्यताको परिधिमा रही कर्तव्य निर्वाह गर्न निर्देशन दिए। 

समितिलाई १ वर्षभित्र निर्वाचन गराउने जिम्मेवारीसमेत तोकिएको छ।

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्