Kathmandu Press

भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौं, मंसिर २० : भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा...
भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौं, मंसिर २० : भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 
आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाइँ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंह विरुद्ध रु. १८ लाख ७७ हजार बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो। 

सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवाल विरुद्ध रु पाँच लाख ५० हजार र अर्का सदस्य भरतबहादुर बशाही विरुद्ध रु एक लाख ५० हजार, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापति विरुद्ध पनि रु आठ लाख ८७ हजार बराबरको बिगो भराउन माग गरिएको छ। 

यसैगरी उपभोक्ता हस्तनादेवी शाही विरुद्ध रु एक लाख १५ हजार र अशोक सिंह विरुद्ध रु २५ हजार बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। 

सेवाग्राहीसँग रु आठ हजार घुस लिएको अभियोगमा वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेल विरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको आरोप लागेको छ। 

प्रकाशित मिति: १७:०० बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्