Kathmandu Press

सिद्धेश्वर मन्दिरबाट हराएका दुईवटा मूर्तिमध्ये बसुन्धरा भेटियाे

काठमाडौं, मंसिर २० : ललितपुरको सिद्धेश्वर महादेव मन्दिरबाट हराएका दुईवटा मूर्तिमध्ये एउटा फेला परेको छ।मन्दिर नजिकैको जंगललमा बसुन्धराको मूर्तिचाहिँ फेला परेको ललितपुर प्रहरीले जनाएको...
सिद्धेश्वर मन्दिरबाट हराएका दुईवटा मूर्तिमध्ये बसुन्धरा भेटियाे

काठमाडौं, मंसिर २० : ललितपुरको सिद्धेश्वर महादेव मन्दिरबाट हराएका दुईवटा मूर्तिमध्ये एउटा फेला परेको छ।

मन्दिर नजिकैको जंगललमा बसुन्धराको मूर्तिचाहिँ फेला परेको ललितपुर प्रहरीले जनाएको छ। त्यहीबाट हराएको श्री नारायण (विष्णु भगवान) को मूर्ति भने अझै नभेटिएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार ती दुवै मूर्ति यही मंसिर १४ गते हराएका हुन्।

प्रकाशित मिति: १५:१४ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्