Kathmandu Press

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट
फाइल तस्बिर

काठमाडौं, मंसिर २० : नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । 

यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। क्यानले हिजोमात्रै सम्पन्न यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ ।
    
क्यानका अनुसार नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्नेछन् । एशिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ । उक्त प्रतियोगितामा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र कुवेतको सहभागिता रहनेछ ।

बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीमा देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल र अर्जुन यादव रहेका छन् । त्यसैगरी कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदील अन्सारी छनोटमा परेका छन्। 

प्रकाशित मिति: १३:४० बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्