Kathmandu Press

दोस्रो टेस्टमा न्युजिल्यानडलाई हराउँदै भारतले जित्यो सिरिज

काठमाडौं, मंसिर २०ः न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भातरले सानदार जित निकालेको छ। मुम्बईमा भएको दास्रो टेस्टमा भारतले न्युजिल्यान्डमाथि ३७२ रनको फराकिलो जित निकाल्यो। यो...
दोस्रो टेस्टमा न्युजिल्यानडलाई हराउँदै भारतले जित्यो सिरिज

काठमाडौं, मंसिर २० : न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भातरले सानदार जित निकालेको छ। मुम्बईमा भएको दास्रो टेस्टमा भारतले न्युजिल्यान्डमाथि ३७२ रनको फराकिलो जित निकाल्यो। यो जितसँगै भारतले २ खेलको सिरिज १–०ले जितेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो। 

५४० रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डलाई १६७ रनमा अलआउट गर्र्दै भारतले फराकिलो जित निकालेको हो। उसका लागि ड्यारल मिचेनले सर्वाधिक ६० बनाउँदा हेनरी निकोल्सले ४४ रन बनाए । अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन्। न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका जयन्त यादव र रविचन्द्रन आविश्वनले समान ४ विकेट लिए।

यसअघि भारतले पहिलो इनिङमा ३२५ रन बनाएको थियो । उसका लागि मांयक अग्रवालले १५० रनको उत्कृष्ट इनिङ खेलेका थिए। उनले ३११ बल खेल्दै १७ चौकार ४ छक्का प्रहार गरे । यस्तै, अक्षर पटेलले ५२ र सुभमन गिलले ४४ रनको योगदान दिए। पहिलो इनिङमा भारतका सबै १० विकेट अजाज पटेलले लिए । उनी टेस्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिने तेस्रो खेलाडी बने।

पहिलो इनिङमा न्युजिल्यान्डले खराब ब्याटिङ ग¥यो । उ २८।१ ओभरमा अलआउट हुँदै उसका कायल जेमिन्सनले १७ र टम लाथमले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। भारतका रविचन्द्र आविश्वनले ४ र मोहम्मद सिराजले ३ विकेट लिए ।

दोस्रो इनिङमा भारतले ७ विकेटको क्षतिमा २७६ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो । उसका मायंक अग्रवालले ६२ तथा चेतेश्वर पुजारा र सुभमन गिलले समान ४७ रन बनाएका थिए । न्युजिल्यान्डका अजाज पटेलले ४ र रचिन रविन्द्रले ३ विकेट लिए।

सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका भरतका रविचन्द्रन आविश्वन प्लेयर अफ दी सिरिज भए भने मायंक अग्रवालले म्यान अफ दी म्याच भए।

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्