पश्चिम वायुको प्रभावले सामान्य वर्षा हुने
काठमाडौं, मंसिर २० : पश्चिमी वायुको प्रभावले देशका धेरै स्थानमा आंशिक बदली भई सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको...
काठमाडौं, मंसिर २० : पश्चिमी वायुको प्रभावले देशका धेरै स्थानमा आंशिक बदली भई सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूवाृनुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम बद्लिएको छ। आज दिउँसोदेखि बिस्तारै बाग्मती र प्रदेश १ मा पनि पश्चिमी वायुको असर देखिने महाशाखाले जनाएको छ।
आज काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। त्यस्तै, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि उच्च पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। प्रदेश २ बाहेक अन्य प्रदेशका धेरै स्थानमा पश्चिम वायुको प्रभाव रहने महाशाखाको प्रक्षेपण छ।
प्रकाशित मिति: ०८:३८ बजे, सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












