Kathmandu Press

बाजुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाजुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाजुरा, मंसिर २० : बाजुराको बडिमालिका नगरपालिका–८ थुवाकाँधमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको सनाखत हुन सकेको छैन।

अटो रिक्सामा सवार अन्य दुई जना सामान्य घाइते भएका छन्। चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइतबार साँझ दुर्घटनामा परेको हो। अटो रिक्सा सडकबाट तल बूढीगङ्गा नदीको किनारमा खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:५४ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्