Kathmandu Press

तनहुँमा गोली लागेर एक युवकको मृत्यु

तनहुँ, मंसिर २० : तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय...
तनहुँमा गोली लागेर एक युवकको मृत्यु

तनहुँ, मंसिर २० : तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए।

पक्राउ पर्ने सुनबहादुर रोहितका छिमेकी हुन्। दुवै जना शिकार खेल्न गएको प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०७:४४ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्