कांग्रेस बागमती प्रदेश सभापतिमा बानियाँले बनाए २४ मतको अग्रता (अपडेट)
काठमाडौं, मंसिर १९ : नेपाली कांग्रेस वागमतीको मत गणनामा सभापतिका उम्मेदवार इन्द्र बानियाँले अग्रता लिएका छन् ।केहि समय अगाडीसम्म जगदीश्वर नरसिंह केसीले अग्रता लिएका...
काठमाडौं, मंसिर १९ : नेपाली कांग्रेस वागमतीको मत गणनामा सभापतिका उम्मेदवार इन्द्र बानियाँले अग्रता लिएका छन् ।
केहि समय अगाडीसम्म जगदीश्वर नरसिंह केसीले अग्रता लिएका थिए । यद्यपी पछिल्लो परिणामअनुसार जारी मतगणनामा ८०४ मत गन्दा केसीलाई उछिन्दै बानियाँले अग्रता लिएका हुन् ।
पछिल्लो परिणाम अनुसार बानियाँले ४१८ मत ल्याउँदा केसीले ३८० मत पाएका छन् । यसअघि केसीले अग्रता लिएका थिए तर अहिले भने बानियाँ २४ मतले अग्रता कायम गरेका छन् ।
०००
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश समितिको सभापतिमा जगदिश्वर नरसिंह केसीले अग्रता लिएका छन् ।
दोस्रो चरणको मतदानमा कांग्रेस संस्थापन सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्र बानियाँ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदिश्वर नरसिंह केसी प्रतिस्पर्धामा रहेका छन् । ५०० मत गणना हुँदासम्म संस्थापन इतर पक्षका केसीले १३ मतले अग्रता लिएका छन्।
केसीले २५६ मत प्राप्त गर्दा संस्थापन पक्षका बानियाँले २४३ मत ल्याएका छन्। शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको हो।
पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले भने संस्थापन पक्षका बानियाँलाई साथ दिएका छन् ।












