Kathmandu Press

सुनको भाउ एकै दिन एक हजारले बढ्यो, बैंकमा थन्कियो साँढे ६ सय किलो सुन

काठमाडौं, भदौ ९ : सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुस....

सुनको भाउ एकै दिन एक हजारले बढ्यो, बैंकमा थन्कियो साँढे ६ सय किलो सुन

काठमाडौं, भदौ ९ : सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर प्रतितोला ७३ हजार पाँच सय पुगेको छ। आइतबार सुनको मूल्य ७२ हजार पाँच सय रुपैयाँ थियो। शुक्रबार छापावाला सुन प्रतितोला ७३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा आइतबार नयाँ रेकर्ड कायम भएको थियो। शुक्रबारभन्दा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेर आइतबार प्रतितोला ७२ हजार पाँच सय पुगेको थियो।

सुनको मूल्य अत्याधिक बढेसँगै तीजमा पनि सुनको कारोबार हुन सकेको छैन। यस अघिका वर्षमा तीजमा अत्याधिक रुपमा सुनको किनबेच हुने गरेको थियो। यस वर्ष तीज आउन एक हप्तामात्रै बाँकी रहँदा बजार भने सुस्ताएको छ।

महासंघको तथ्यांकअनुसार, दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको थियो। भाउ बढेसँगै अहिले भने दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको महासंघले जनाएको छ।

मूल्य आकाशिएपछि सुनको खपत घट्दा बैंकहरूले ल्याएको ६ सय ३६ केजी सुन थन्किएको छ। १२ वटा वाणिज्य बैंकमा साढे २४ अर्ब रुपैयाँ बराबरको सुन थन्किएको हो। सुनचाँदी राष्ट्र बैंकबाट अनुमति पाएका वाणिज्य बैंकमार्फत व्यवसायीले खरिद गर्ने गरेका छन्।

मूल्य बढेका कारण बजारमा सुन पठाउन नसक्दा बैंकहरूको लागत बढेको छ। बजारमा सुनको माग घटेसँगै सुनचाँदी व्यवसायी कच्चा सुन किन्न वाणिज्य बैंक जानै छोडेका छन्।

प्रकाशित मिति: १२:३२ बजे, सोमबार, भदौ ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्