Kathmandu Press

सप्ताहव्यापी मानवअधिकार महाभेला हुने

काठमाडाैं, मंसिर १९ : ‘विधिको शासन कायम गरौं, मानवअधिकारको सम्मान गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमसहित काठमाडौँमा १३औँ मानवअधिकार राष्ट्रिय महाभेलाको आयोजना हुने...
सप्ताहव्यापी मानवअधिकार महाभेला हुने

काठमाडाैं, मंसिर १९ : ‘विधिको शासन कायम गरौं, मानवअधिकारको सम्मान गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रमसहित काठमाडौँमा १३औँ मानवअधिकार राष्ट्रिय महाभेलाको आयोजना हुने भएको छ।

शान्तिका लागि साझा अभियान (कोक्याप)ले आज पत्रकार सम्मेलनको आयोजना गरी ७३औँ अन्तरराष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर–१०)को अवसरमा (मङ्सिर २२ देखि २८ गतेसम्म) उक्त महाभेलाको आयोजना गर्न लागिएको जनाएको हो। यस वर्ष राष्ट्रिय महाभेलाको आयोजना गर्न कोक्यापलाई संयोजक र फ्रिडम फर अल नेपाल र शान्ति फाउण्डेसनलाई सहसंयोजकका रूपमा जिम्मेवारी दिइएको छ। त्यसमा विभिन्न ४६ संघसंस्था आवद्ध भएका छन्।

Hardik ivf

कोक्यापका अध्यक्ष एवम् राष्ट्रिय मानवअधिकार महाभेला मुल आयोजक समितिका संयोजक रोशना खड्काले भेलामा सहभागीताका लागि ३७ संस्थाले नाम दर्ता गरिसकेको र अरु आउने क्रममा भएको हुँदा ४६ सङ्घसंस्था आवद्ध हुने भएको जानकारी दिए।

मानवअधिकारवादी चरण प्रसाइँले २०४६ सालपछि मात्र नेपालमा मानवअधिकारको सवालमा बोल्न र काम गर्ने वातावरण बनेको स्मरण गर्दै मानवअधिकारवादी संस्था तथा राष्ट्रिय मानवअधिकारलगायत व्यक्ति, समाजसहित हरेक संस्था यसको रक्षाका लागि तत्पर रहने सन्देश महाभेलाले दिने बताए।

'मानवअधिकार भनेकै लोकतन्त्र हो, यसको रक्षा र पालना सबैबाट हुनुपर्ने महत्वपूर्ण सन्देश हरेक वर्ष महाभेलाले दिने गरेको छ,' महाभेलाका संस्थापक अध्यक्षसमेत रहेका प्रसाइले भने, 'संविधानसभा सफल पार्न, शान्तिप्रक्रियालाई पूर्णता दिन पहल, विगतका कहाली लाग्दा घटना दोहोरिन नदिन हामी सबै लाग्नुपर्छ।'

महाभेलाका सहसंयोजक फ्रिडम फर अल नेपालका अध्यक्ष खगेन्द्र वलीले राष्ट्रका हरेक नागरिक मानवअधिकारका रक्षक भएको र त्यसको प्रवद्र्धनका लागि सबैले आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताए।

प्रकाशित मिति: १८:४३ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्