Kathmandu Press

लुम्बिनीले जित्यो यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडौं, मंसिर १९ः वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशले जितेको छ। आइबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि ११३...
लुम्बिनीले जित्यो यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

काठमाडौं, मंसिर १९ः वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशले जितेको छ। आइबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि ११३ रनको जित निकाल्दै लुम्बिनी च्याम्पियन बन्यो । 

पहिला व्याटिङ गर्दै लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २८।३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमै समेटियो। उसका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाए भने कप्तान खडक बोहरा २१, शेर मल्लले १५ रन बनाए। सुदुरपश्चिमलाई सस्तैमा लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए भने दुर्गेश गुप्ताले ३ विकेट लिए।

यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा अलआउट हुँदै २१२ रन बनायो। उसलागि कप्तान देव खनालले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७० रन बनाए । 

यस्तै, विशालविक्रम केसीले ५१ रन बनाउँदा दुर्गेश गुप्ताले ३२ बनाए । सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ तथा शेर मल्ल र हेमन्त धामीले समान २ विकेट लिए।

प्रकाशित मिति: १७:४४ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्