Kathmandu Press

स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ

काठमाडौं, मंसिर १९ : प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एकजनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको...
स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ

काठमाडौं, मंसिर १९ : प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एकजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो। 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो।  

पक्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ।

पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्