Kathmandu Press

कांग्रेस उपसभापति निधि राप्रपा अध्यक्ष लिङ्देनलाई दिए बधाई

काठमाडौं, मंसिर १९ : नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन्।  उपसभापति निधिले आज...
कांग्रेस उपसभापति निधि राप्रपा अध्यक्ष लिङ्देनलाई दिए बधाई

काठमाडौं, मंसिर १९ : नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन्।
  
उपसभापति निधिले आज विज्ञप्तिमार्फत राप्रपाको यस महाधिवेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यप्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पुर्‍ याउने विश्वासका साथ सफल कार्यकालको कामना गरेका हुन्। 

‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाामा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ,’ विज्ञप्तिमा भनिएकाे छ।

प्रकाशित मिति: १७:०० बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्