Kathmandu Press

दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा

दाङ, मंसिर १९ः दाङका  ६ ओटा पालिकामा  आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका...
दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा

दाङ, मंसिर १९ः दाङका  ६ ओटा पालिकामा  आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो । 

जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो। ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ।

यस पटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ । यसअघि गत मङ्सिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसिलको पहिलो मात्रा खोप लगाइएको थियो ।

उनीहरुलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने  जनाइएको छ।

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्