कांग्रेस प्रदेश १ को मतगणना जारी
काठमाडौं, मंसिर १९ : नेपाली कांग्रेस प्रदेश १ को मतगणना जारी छ। कांग्रेस पार्टी कार्यालय मोरङमा २ बजेतिरबाट बाट मतगणना थालिएको हो।मतगणना बिहान ८...
काठमाडौं, मंसिर १९ : नेपाली कांग्रेस प्रदेश १ को मतगणना जारी छ। कांग्रेस पार्टी कार्यालय मोरङमा २ बजेतिरबाट बाट मतगणना थालिएको हो।
मतगणना बिहान ८ बजे थाल्ने भनिएको थियो। तर प्रविधिक कारणले त्यसमा ढिलाइ हुन गएको निर्वाचन समितिले जनाएको छ। यतिखेरसम्म समितिले कसको अग्रता भन्ने विषयमा कुनै जानकारी सार्वजनिक गरिसकेको छैन।
प्रदेश १ मा नेतृत्वका लागि शनिबार मतदान सम्पन्न भएको थियो। शनिबार भएको मतदानमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको छ।
प्रदेश सभापतिका लागि उद्धव थापा र गुरुराज घिमिरे मैदानमा उत्रिएका छन्।
कांग्रेसमा पहिलोचोटि प्रदेश संरचनाअनुसार नेतृत्व चयन हुने अवस्थामा छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन भइरहेको छ।
प्रकाशित मिति: १४:३९ बजे, आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












