चितवनमा कर्फ्यू , ५ जनाभन्दा बढी भेला हुन बन्देज
काठमाडौं, भदौ ९ : चितवन प्रमुख जिल्ला अधिकारीले चितवन जिल्ला अदालत भएको क्षेत्रमा आज विहान ६ वजेदेखि कर्फ्यू लगाएका छन्।
माउन्टेन....

काठमाडौं, भदौ ९ : चितवन प्रमुख जिल्ला अधिकारीले चितवन जिल्ला अदालत भएको क्षेत्रमा आज विहान ६ वजेदेखि कर्फ्यू लगाएका छन्।
माउन्टेन टीभीका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएपछि हुलदंगा हुन सक्ने भन्दै आज कर्फ्यू लगाइएका हो । उक्त मुद्दामा आज १० वजेदेखि बयान तथा थुनछेक बहस हुदैछ।
लामाछानेलाई पक्राउ गरे लगत्तै उनी निर्दोष रहेको भन्दै चितवनमा लगातार प्रदर्शन हुँदै आएको छ ।
कर्फ्यू लगाइएको क्षेत्र
-पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म
-पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म
-उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको
-चौबिसकोठी चोकसम्म
-दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म ।










-1784808429.png)