राज्यमन्त्री वलीद्वारा विकास निर्माण अनुगमन
तुलसीपुर, मंसिर १९ : लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गरेकी छन्। पश्चिम दाङको शान्तिनगर,...
तुलसीपुर, मंसिर १९ : लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गरेकी छन्।
पश्चिम दाङको शान्तिनगर, दङ्गीशरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उनले जानकरी लिएकी हुन्।
उनले शान्तिनगर गाउँपालिका–५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभाहलको अवलोकन गरेकी छन् । सोही सभाहल निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । त्यस्तै दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा रहेको १५ शय्याको अस्पतालको पनि अवलोकन गरेकी हुन् । सोही अस्पताललाई प्रदेश सरकारमातहत लैजाने प्रतिबद्धता जनाएकी छन्।
त्यस्तै दङ्गीशरण गाउँपालिका–५ स्थित स्वास्थ्यचौकी र वडा नं ७ को आधारभूत स्वास्थ्य केन्द्र , शान्तिनगर गाउँपालिका–२ मा निर्माणाधीन १५ शय्याको अस्पताल , बबई गाउँपालिका–२ स्थित ठूलाचौर–घुरिन्डाँडा (सीतापुर) जोड्ने पुल निर्माणस्थल, बबई–३ हंसपुरमा निर्माण हुन लागेको १५ शय्याको अस्पताल र सोही वडाको हंसपुर माविको पनि उनले अलवोकन गरेकी थिइन्।












