खानेपानीमा माइक्रोप्लास्टिको मात्रा खतरामा देखिएको विश्व स्वास्थ्य संगठनको चेतावनी
खानेपानीमा माइक्रोप्लास्टिकको बढ्दो सघनताले उब्जाएको स्वास्थ्य जोखिमबारे थप अनुसन्धान आवश्यक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यसको जोखिम कणभन्दा तीन गु....
खानेपानीमा माइक्रोप्लास्टिकको बढ्दो सघनताले उब्जाएको स्वास्थ्य जोखिमबारे थप अनुसन्धान आवश्यक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यसको जोखिम कणभन्दा तीन गुणा धेरै भएको वैज्ञानिकहरूको विश्वास छ। यस्ता कणहरू दूषित प्लास्टिक र “बायोफिल्म”बाट उत्पादन हुने गर्दछ। बायोफिल्म त्यस्ता माइक्रोप्लास्टिक हुन् जहाँ सूक्ष्मजीवको उपनिवेश हुन्छ। यसले संक्रमण हुनसक्छ।
विश्व स्वास्थ्य संगठनले पनि प्लास्टिकजन्य यस्ता पदार्थको तत्काल प्रदूषण न्युनिकरणका लागि जोड दिएको छ ।
मानव निर्मित माइक्रोप्लास्टिक प्लास्टिकका सूक्ष्म कणहरू एट्लान्टिकको सार्गास्सो समुद्र, आर्कटिकको हिउँ र स्कटल्यान्डको समुद्रमा अत्यधिक पाइन्छ। समुद्रका कछुवा र व्हेलदेखि लामखुट्टे र समुद्री पक्षी पनि माइक्रोप्लास्टिकबाट प्रभावित भएका छन्।
माइक्रोप्लास्टिक धारा र बोतलबन्द पानीमा पनि पाइन्छ। खानेपानीमा माइक्रोप्लास्टिकको सघनता बढ्दै गए मानव स्वास्थ्यमा पर्ने सम्भावित प्रभाव नाप्न कठिनाइ हुने विश्व स्वास्थ्य
संगठनको प्रतिवेदनमा उल्लेखछ।
विद्यमान तथ्याङ्कका आधारमा माइक्रोप्लास्टिकले स्वास्थ्यमा पार्ने जोखिम कम मुल्याङ्कन गरिएको छ। विशेषज्ञका अनुसार १५० माइक्रोमिटरभन्दा ठूला कणहरू मानव शरिरमा प्रवेश गर्ने सम्भावना कम छ। तर “नानोसाइज” का कणहरू शरिरमा सोस्ने र त्यसको वितरण सम्बन्धी तथ्याङ्क एकदमै सिमीत भएको वैज्ञानिहरू बताउँछन्।
एक अध्ययन अनुसार औसत व्यक्तिले एक लाखदेखि बीस लाख अणुसम्म सासमा फेर्ने गर्दछ। “फुड चेन” मा माइक्रोप्लास्टिकको चिन्ताका बावजुद खानेपानीबाट तिनलाई हटाउने विधि प्रभावकारी भएको प्रतिवेदनले पत्ता लगाएको छ।
ग्रिनपिस युकेको अभियानका प्रमुख लुइ एज भन्छिन्,“अनुसन्धानमा भएको यो अन्तर हटाउनुपर्छ। यसैबीच, प्लास्टिकले हाम्रो समुद्री जीवनमा हानि पुर्याइरहेको हामीलाई थाहा छ। प्लास्टिक बनाउनलाई आवश्यक जैविक इन्धनले जलवायु संकटमा भूमिका खेलिरहेको छ। विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार सरकार र व्यवसायहरूले प्लास्टिक उत्पादन तुरून्तै घटाउनुपर्छ।”
इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिट्युटका हाभियर मातियोसागास्ता भन्छन्, “एक पटक मात्रै प्रयोग हुने प्लास्टिकका झोला र बोतल निषेध गर्ने क्रम बढ्दो छ। तर आउने दशकहरूमा हामीले प्रयोग गर्ने प्लास्टिक कस्तो र कसरी उत्पादन गर्ने साथै कसरी प्रयोग र व्यवस्थापन गर्नेबारे पुनर्विचार गर्नु आवश्यक छ।”
औद्योगिक प्रयोजनका लागि टुथपेस्ट र छाला सफा गर्ने सामग्रीमा प्रयोग हुने “अब्रेसिभ” निषेध गर्ने वा त्यसको साटो अन्य उत्पादन प्रयोग गर्नु खर्चको आधारमा प्रभावकारी हुने उनले बताए।
-इन्डिपेन्डेन्ट् डटकमबाट नेपाली अनुवाद