Kathmandu Press

छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

वीरगञ्ज, मंसिर १८ : पर्साको पटेर्वासुगौली गाउँपालिका–२ चाफीमा आज भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। बालुवा लोड गरिएको ना५त ४१०८ नंको...
छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

वीरगञ्ज, मंसिर १८ : पर्साको पटेर्वासुगौली गाउँपालिका–२ चाफीमा आज भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। बालुवा लोड गरिएको ना५त ४१०८ नंको ट्र्याक्टरले च्यापिएर पटेर्वा सुगौली–२ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Hardik ivf

दमौली : तनहुँको व्यास नगरपालिका–११ फराकचौरमा आज दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ग१त ६२८८ नंको ट्र्याक्टर सडकछेउ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। जुठेपानीमा सामान झारेर आउँदै गर्दा सडक छेउमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

प्रकाशित मिति: २०:२५ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्