Kathmandu Press

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

दमाैली, मंसिर १८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन्। नेकपा (एकीकृत समाजवादी)...
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

दमाैली, मंसिर १८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन्। नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि तीन वर्षको अवधिमा धेरै काम भएको उल्लेख गरे।

'साढे तीन वर्षको अवधिमा विकास निर्माणको कामले छलाङ मारेको छ, तर त्यसबाट म सन्तुष्ट छैन,' मन्त्री श्रेष्ठले भने, 'जति गर्नुपर्ने हो त्यति गर्न सकिएन, अझै पनि विकास निर्माणलाई तीव्रता दिन्छौँ।' मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा तनहुँमा नेकपा (एकीकृत समाजवादी)ले जित्ने दाबी गरे।

Hardik ivf

'तनहुँमा हाम्रो पार्टीको प्रभाव शून्य छ भनेर हल्ला फैलाइएको छ, आगामी निर्वाचनबाट थाहा हुन्छ, कसको पार्टीको हैसियत के छ भनेर,' उनले भने। उनले मादी–मस्र्याङ्दी, डुम्रे–चाम्बास सडकको बोलपत्र भइसकेको र काम सुरु भएको बताए।

मन्त्री श्रेष्ठले करिब दुईतिहाइको मत प्राप्त गरे पनि नेकपा (एमाले) नेतृत्व सरकारले त्यसको सदुपयोग गर्न नसकेको आरोप लगाए। उनले पार्टी फुटाउने रहर नभई बाध्यता भएको उल्लेख गर्दै अब पार्टीको सङ्गठन विस्तारमा जोड दिइने चर्चा गरे।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगार क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको बताए। उनले विदेश जाने अधिकांश युवा अदक्ष हुने गरेकाले उनीहरुलाई दक्ष बनाउन तालिम केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको जानकारी गराए। सीप र क्षमताका आधारमा सबै युवालाई रोजगारी दिइने मन्त्री श्रेष्ठको भनाइ थियो।

प्रकाशित मिति: १९:३० बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्