Kathmandu Press

राप्रपा महाधिवेशन : मतदानमा ५० प्रतिशत मत सङ्कलन

काठमाडाैं, मंसिर १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि भएको मतदानमा ५० प्रतिशत मत सङ्कलन भएको छ।आज भएको विद्युतीय...
राप्रपा महाधिवेशन : मतदानमा ५० प्रतिशत मत सङ्कलन

काठमाडाैं, मंसिर १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि भएको मतदानमा ५० प्रतिशत मत सङ्कलन भएको छ।

आज भएको विद्युतीय मतदान प्रक्रियाप्रति मतदाताले राम्ररी जानकारी प्राप्त नगरेकाले पनि समय धेरै लागेको छ। उक्त प्रक्रियामा प्रतिव्यक्ति मतदाताले करिब २० मिनेट पर्खनुपर्ने भएकाले पनि प्रक्रिया लम्बिने देखिएको छ। नेता सुन्दर पाण्डेका अनुसार देशभरबाट छनोट भएका चार हजारभन्दा बढी प्रतिनिधिले साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा मतदान नसक्ने भएपछि रातिसम्म समय थप गरी प्रक्रिया टुङ्ग्याउने व्यवस्था भएको छ।

Hardik ivf

यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत अध्यक्ष पदको निर्वाचनमा मतपत्र प्रयोग गरिएकाले छिटो र छरितो मतदान भएको छ। नयाँ कार्यसमितिका लागि २६६ उम्मेदवारले उम्मेदवारी दिएका छन्। अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको छ। मतदान केन्द्रमा मतदातालाई मतदान गर्नु अगाडि विद्युतीय मतदानका प्रक्रिया तथा विधि प्रयोग गरी सिकाइएको छ।

अर्का नेता ध्रुवबहादुर प्रधानले निर्वाचनका लागि ८६ विद्युतीय यन्त्रको व्यवस्था गरिएको भए पनि त्यसको प्रयोगमा समय लागेकाले मतदातालाई केही समस्या भएको जानकारी दिए। यसपटक अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दिएसँगै नेतृत्वका लागि कडा प्रतिस्पर्धा देखिएको छ। पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीका साथमा अध्यक्ष पदका प्रत्यासी लिङ्देनले मतदान गरिसकेका छन्। अर्का प्रत्यासी थापाले मतदान गर्न बाँकी छ।

करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलोपटक भएको अधिवेशनमा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ। चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ। पार्टीका नेता तथा कार्यकर्ताले अन्तिम समयसम्म पनि लामबद्ध मतदातालाई आफ्नो पक्षमा मतदानका लागि आग्रह गरेका छन्।

प्रकाशित मिति: १८:५७ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्