आज पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, मंसिर १८ : पश्चिमी वायुको सामान्य प्रभावले आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका...
काठमाडौं, मंसिर १८ : पश्चिमी वायुको सामान्य प्रभावले आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ सहित केही भूभागमा वर्षाको सम्भावना रहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बंगालको खाडीमा बनेको जवाद नामको सामुन्द्रिक चक्रवातको प्रभाव आज भने कम हुने महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशमा भने यसको केही प्रभाव रहने भएको छ।
त्यस्तै, आज उच्च पहाडी र हिमाली भूभावमा हिमपातको सम्भावना रहेको महाशाखाले आंकलन गरेको छ। महाशाखाका अनुसार सोमबारबाट मात्रै मौसम सफा हुँदै जानेछ।
आइतबार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ। जसले गर्दा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।












