Kathmandu Press

स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ

महोत्तरी, मंसिर १८ : महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको नौ लाखसहित एक भारतीय...
स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ

महोत्तरी, मंसिर १८ : महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको नौ लाखसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने २४ वर्षीय अभिनव पूर्वे रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीले जनाएको छ।

Hardik ivf

नम्बर नखुलेको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका अभिनवलाई सीमामा खटिएका सशस्त्र प्रहरीले जाँच गरेको थियो। उनको साथबाट स्रोत नखुलेको नौ लाख बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

जसमा ५०० र १००० का नोट रहेका छन्। उनलाई आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीमा ल्याइएको छ। (रासस)

प्रकाशित मिति: ०६:५९ बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्