Kathmandu Press

परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय : अध्यक्ष ओली

परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय : अध्यक्ष ओली

ललितपुर, मंसिर १७ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनमा शिक्षकको ठूलो योगदान रहेको बताएका छन्।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरले आज आयोजना गरेको ‘शिक्षक भवन उद्घाटन एवम् १२अाैँ जिल्ला अधिवेशन’ समारोहमा उनले शिक्षकले कर्तव्यनिष्ठ, नैतिकवान र असल नागरिक तयार गर्नमा सराहनीय काम गरेको बताए। 'एक कुशल शिक्षकले दैनिक विद्यालयमा गएर पढाउने मात्रै नभएर समाजको जागरणमा समेत काम गर्नुपर्छ, एमालेले शिक्षकको काम र योगदानको सदैव सम्मान गर्दछ।'

Hardik ivf

एमालेका केन्द्रीय सदस्य शुसिला नेपालले शिक्षा प्रणालीलाई अब वैज्ञानिक बनाएर प्रगतिशिलतातर्फ रुपान्तरण गर्न आवश्यक रहेको आँैल्याए। सांसद नवराज सिलवालले शिक्षाको स्तरलाई अझै उकासेर लैजान आग्रह गरे। प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल र ज्ञानेन्द्र शाक्यले शिक्षकले सहकार्यका माध्यमबाट आफनो पेशालाई अझ सुदृढ गर्दै लानुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष ओलीले ‘शिक्षक सन्देश’ नामक विशेषाङ्क विमोचन गर्नाका साथै सो विद्यालय निर्माणमा  एक लाखभन्दा बढी रकम सहयोग गर्ने २७ शिक्षक दम्पत्तिलाई सम्मान गरे। सो भवन ललितपुर महानगरपालिका–१७ ग्वार्काेस्थित साँढे तीन आना जग्गामा करिब पाँच करोड रूपैयाँ लागतमा १० कोठाको निर्माण गरिएको सङ्गठनका अध्यक्ष सुरेन्द्र घिमिरेले बताए।

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्