मार्टिन्सको ह्याट्रिकमा सातदोबाटोको जित
काठमाडौं, मंसिर १७ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले विभागीय टोली एपीएफलाई हराएको छ ।आज भएको दोस्रो खेलमा सातदोबाटोले...
काठमाडौं, मंसिर १७ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले विभागीय टोली एपीएफलाई हराएको छ ।
आज भएको दोस्रो खेलमा सातदोबाटोले एपीएफलाई चार–एक गोल अन्तरले हराएको हो । सातदोबाटोको जितमा मार्टीन्स कायोदी अजयीले ह्याट्रिक गरे भने सुशील राईले एक गोल थपे ।
यता, एपीएफका लागि खेलको ४८ औँ मिनेटमा विकी तामाङले सान्त्वना गोल गरे । जितसँगै सातदोबाटो तीन खेलमा सात अङ्कसहित अङ्क तालिकाको शीर्षस्थानमा उक्लिँदा एपीएफ भने अङ्कविहीन हुँदै पुछारमा छ ।
प्रकाशित मिति: २०:२७ बजे, शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











