Kathmandu Press

जैविक विविधतायुक्त प्राकृतिक सम्पदाबारे खोज, अनुसन्धान गर्न विश्वविद्यालयलाई आग्रह

काठमाडाैं, मंसिर १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशको जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनालाई पहिल्याएर खोज अनुसन्धान...
जैविक विविधतायुक्त प्राकृतिक सम्पदाबारे खोज, अनुसन्धान गर्न विश्वविद्यालयलाई आग्रह

काठमाडाैं, मंसिर १७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशको जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनालाई पहिल्याएर खोज अनुसन्धान गर्न सुदूरपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको नवौं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिनुपर्ने बताए। विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान एवम् योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। सहकुलपतिसमेत रहेका पौडेलले विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति तथा आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, 'आवश्यकता र मागअनुसारको अनुसन्धानमुखी शिक्षा सर्वसुलभरुपमा व्यवस्था गर्न विश्वविद्यालयले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ।’

Hardik ivf

आजको  प्रतिस्पर्धात्मक युगमा नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विविध क्षेत्रमा अग्रणीस्थान हासिल गर्न सफल भएको बताउँदै उनले थप योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिए।

उनले कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि विश्वविद्यालयले उपलब्ध सीमित स्रोत साधन एवम् प्रविधिको उपयोग गरी वैकल्पिक माध्यमबाट पठन पाठनमा दिएको निरन्तरता प्रशंसनीय रहेको बताए।

विश्वविद्यालयको समृद्धि एवम् सफलताका लागि प्रशासनिक तथा सांगठनिकरुपमा सबल नेतृत्व, पारदर्शीता र जवाफदेहिता अपरिहार्य भएको मन्त्री पौडेलको भनाइ छ।

प्रकाशित मिति: १९:०६ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्