Kathmandu Press

‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडाैं, मंसिर १७  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका...
‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडाैं, मंसिर १७  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको बताइन।

Hardik ivf

उनले नयाँ भेरिएन्ट ओमिक्रोनबाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नेबारे जनचेतनाका कामलाई निरन्तरता दिनुपर्ने बताइन। 'विस्तारै सामान्य अवस्थातिर फर्किन लागेको हाम्रो जनजीवन फेरि कोरोनाभाइरसको त्रासमा रहनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता यसबाट बढेको छ,' उनले भनिन्, 'जनताको जीवन रक्षा हाम्रो एकमात्र प्राथमिकता भएकाले नयाँ भेरिएन्टबाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको छ।'

राष्ट्रपति भण्डारीले पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फेरि कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखापरेको  र अघिल्ला भेरिएन्टको तुलनामा यसको सङ्क्रमण दर पनि धेरै हुने भनिएको उल्लेख गर्दै नयाँ भेरिएन्टबाट बच्न दक्षिण अफ्रिका, नेदरल्याण्डसलगायत कतिपय मुलुकमा नयाँ सुरक्षा मापदण्ड घोषणा गरिएको सन्दर्भ उल्लेख गरिन्। उनले कोरोना भाइरसको अर्को सम्भावित प्रकोपबाट बच्न जनतालाई खोप उपलब्ध गराउँदै पूर्वतयारीमा जोड दिन आग्रह गरिन्।

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्