ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, १२ जना घाइते

कञ्चनपुर, मंसिर १७ : पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीनजिकै से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा आज दुईजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेका छन्। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउँदा ट्याक्टर सडक छेउमै पल्टिएको हो।
प्रहरीका अनुसार ट्र्याक्टरमा ३० जना बढी सवार रहेका थिए। घाइतेको झलारीस्थीत नीजि मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ।
प्रकाशित मिति: १७:३४ बजे, शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












