उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण, सक्रिय १७१६ जना
काठमाडौं, मंसिर १७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ५५, भक्तपुरमा ९ र ललितपुरमा २९...
काठमाडौं, मंसिर १७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ५५, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७१६ रहेको छ।
तीमध्ये काठमाडौंमा ६४१, भक्तपुरमा ४८५ र ललितपुरमा ५९० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












