वाग्मतीलाई हराउँदै सुदूरपश्चिम यू–१९ राष्ट्रिय क्रिकेटको फाइनलमा
काठमाडौं, मंसिर १७ : सुदूरपपश्चिम प्रदेश राजनधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको लिगको अन्तिम खेलमा वाग्मती प्रदेशलाई ८...
काठमाडौं, मंसिर १७ : सुदूरपपश्चिम प्रदेश राजनधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको लिगको अन्तिम खेलमा वाग्मती प्रदेशलाई ८ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो।
प्रदेशका ७ टिम सहभागी प्रतियोगिताको लिग चरणमा सुदूरपपश्चिम ६ खेलमा ४ जितसहित ८ अंक जोड्दै दोस्रो टिमका रुपमा नकआउट चरण प्रवेश गरेको हो। प्रतियोगितामा सदूरपश्चिमले प्रदेश १ लाई ६ विकेट, गण्डकीलाई ४ विकेट र कर्णालीलाई १० विकेटले हराएको थियो। ऊ लुम्बिनी र प्रदेश २ सँग समान २ विकेटले पारजित भएको थियो।
अब उसले उपाधिका लागि लुम्बिनी प्रदेशसँग खेल्नेछ। लुम्बिनी १० अंक जोड्दै समूह विजेताका रुपमा फाइनल पुगेको हो। लुम्बिनी र सुदूरपश्चिमबीचको फाइलन आइतबार कीर्तिपुरसिथत टियु मैदानमा हुने छ।
टियु मैदानमा पहिला ब्याटिङ गर्दै बागमतीले दिएको ९६ रनको लक्ष्य सुदूरपश्चिम ३२।१ ओभरमा २ विकेट गुमाएर भेट्टायो। उसका लागि नरेन भट्टले अविजित ३७ रन बनाए भने राहुल भण्डारीले अविजित ३१ रन बनाए। वाग्मतीका गौतम केसी र प्रतिश जिसीले समान एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वाग्मती ३०.१ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सक्यो। उसका लागि विवेक मगरले नटआउट ३२ रन बनाए भने क्रिस कार्कीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बागमतीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामीले ५ विकेट लिए। घातक बलिङ गरेका उनले १० ओभरमा ५ मेडन राख्दै १९ रन मात्र खर्चिए। शेर मल्लले ४ विकेट लिए।











