Kathmandu Press

रेडपाण्डाको छालासहित २ जना पक्राउ 

काठमाडौं, मंसिर १७ः जाजरकोटबाट रेडपाण्डाको छालासहित दुई जना पक्राउ परेका छन्। बारेकोट गाउँपालिका– ८ सेपुखोलास्थित कोशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपान्डाको छालासहित २ जनालाई...
रेडपाण्डाको छालासहित २ जना पक्राउ 
Hardik ivf

काठमाडौं, मंसिर १७ः जाजरकोटबाट रेडपाण्डाको छालासहित दुई जना पक्राउ परेका छन्। बारेकोट गाउँपालिका– ८ सेपुखोलास्थित कोशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपान्डाको छालासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

पक्राउ पर्नेहरुमा बारेकोट गाउँपालिका–३ बस्ने ३५ वर्षीय लोकबहादुर रोकाय र सोही ठाउँ बस्ने २० वर्षीय गोरख बहादुर रोकाय रहेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्