Kathmandu Press

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने

नवलपुर, मंसिर १७ः कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या...
कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने

नवलपुर, मंसिर १७ः कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप ५० हजार उपलब्ध गराइने भएको छ । 

गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो । 

Hardik ivf

स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाउनेको तथ्याङ्कसमेत मागेको छ । कार्यालय प्रमुख केशव चापागाईका अनुसार पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले सूचना जारी गरिएको बताए। ‘नवलपुरभित्र स्थायी वासिन्दा भएका व्यक्ति जुनसुकै अस्पतालमा उपचार गर्दा कोरोनाका कारण मृत्यु भए उनीहरुको परिवारलाई आर्थिक सहयोग गरिनेछ’, उनले  भने, ‘कोरोनाबाट घरमा न्यान गुमाएका व्यक्तिको परिवारले आर्थिक सहयोग पाउने छैनन्।’ 

रकम निकासा भइसकेकाले आगामी हप्तादेखि नै राहत उपलब्ध गराइने चापागाईले बताए। जिल्लामा हालसम्म कोरोनाबाट १७० जनाको मृत्यु भइसकेको छ । प्रकृया पूरा गरेर कागजात बुझाएको दुई हप्ताभित्र रकम भुक्तानी गरिने छ । 

मृतकको कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि तथा आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ । हालसम्म २० मृतकका परिवारले प्रक्रिया पूरा गरेर निवेदन दिएको कार्यालयले जनाएको छ । व्यक्तिले सिधै स्वास्थ्य कार्यालयमा पुगेर निवेदन दिनसक्ने छन् ।

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्