Kathmandu Press

स्वास्थ्य रहन चिज, अण्डा र फूल फ्याट दूध खानुहोस् तर मासु सीमित गर्नुहोस्

स्वस्थ अष्ट्रेलियालीले स्वस्थ व्यक्तिले मुटुरोग वा हृदयाघातको जोखिम नबढाइ पूर्ण बोसोयुक्त दूध, चिज र दही मज्जाले खान मिल्ने हार्ट फाउण्डेसनले सल्लाह दिएको छ। मुटुलाई स....

स्वास्थ्य रहन चिज, अण्डा र फूल फ्याट दूध खानुहोस् तर मासु सीमित गर्नुहोस्

स्वस्थ अष्ट्रेलियालीले स्वस्थ व्यक्तिले मुटुरोग वा हृदयाघातको जोखिम नबढाइ पूर्ण बोसोयुक्त दूध, चिज र दही मज्जाले खान मिल्ने हार्ट फाउण्डेसनले सल्लाह दिएको छ। मुटुलाई स्वस्थ्य राख्न सातामा तीन पटक मात्रै रातो मासु खानुपर्ने फाउण्डेशनले बताएको छ।

पूर्ण बोसोयुक्त दूग्ध उत्पादनले मुटुरोग वा हृदयाघातको जोखिममा खासै प्रभाव नपार्ने फाउण्डेशनको अध्ययनले पत्ता लगाएको छ। त्यसैले स्वस्थ व्यक्तिलाई त्यसको प्रयोग निषेध गर्नुपर्ने आवश्यकता ठानिएन।

यसअघि फाउण्डेशनले बोसो थोरै भएको दूग्ध उत्पादन प्रयोग गर्न सुझाव दिएको थियो। तर अहिले कोलेस्टेरोलको मात्रा उच्च भएको, मुटुरोग वा टाइप¬ टु मधुमेह भएका व्यक्तिले मात्रै त्यस्तो गर्नुपर्ने बताइएको छ।

संस्थाले पहिलो पटक सबै अष्ट्रेलियालीलाई गाई, भेडा, सुँगुरको प्रशोधन नगरिएको मासु सातामा साढे तीन सय ग्राम मात्रै खान सुझाव दिएको छ। मुटुरोग र अन्य दीर्घकालनी रोगको जोखिम बढी हुने भएकाले प्रशोधित मासु पनि सीमित मात्रामा सेवन गर्नुपर्छ। 

सातामा कति अण्डा खाने भनेर यसअघि तय गरिएको सीमा पनि फाउण्डेशनले हटाएको छ। तर टाइप टु मधुमेह भएका व्यक्तिले सातामा सातोटा वा त्योभन्दा कम अण्डा खानुपर्ने संस्थाको सुझाव छ। धेरै खण्डा खाए मुटुरोग र हृदयाघातको जोखिम पनि बढी हुने देखिएको छ।

मुटुरोग भएका व्यक्तिको सवालमा पनि यो सत्य हो। हार्ट फाउण्डेशनकी पोषणविद् सियान आर्मस्ट्रङले मुटुको सुरक्षा नै सबैभन्दा महत्त्वपूर्ण भएको बताइन्।

“सातामा कति अण्डा खाने वा पूर्ण बोसोयुक्त दूधको मात्रा घटाउनु बढाउनु मात्रै स्वास्थ खानपान होइन। यो समग्र खानपान शैली हो,” उनले भनिन्, “त्यसैले कुनै विशेष परिकार मात्रै खानेभन्दा पनि साता र महिनाभरि मानिसहरूले के खान्छन् भन्ने हेक्का राख्न हामी हौस्याउँछौं।”

अष्ट्रेलियालीले अन्तत: वनस्पतिजन्य खाना प्रशस्त खानेछन् भन्ने आशा गरेको हार्ट फाउण्डेशनले जनाएको छ। यसमा धेरै तरकारी, फलफूल र अनाज, साथै बोडी गेडागुडी, दाल र तोफुजस्ता प्रोटिन लगायत थोरै माछा र सिफुड पर्दछन्।
 

प्रकाशित मिति: ०७:२५ बजे, आइतबार, भदौ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्