Kathmandu Press

टेकु अस्पतालको इमर्जेन्सी सेवा आउने आइतबारदेखि निःशुल्क

काठमाडौं, मंसिर १७ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सी सेवा आउने आइतबारदेखि निःशुल्क हुने भएको छ।संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने...
टेकु अस्पतालको इमर्जेन्सी सेवा आउने आइतबारदेखि निःशुल्क

काठमाडौं, मंसिर १७ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सी सेवा आउने आइतबारदेखि निःशुल्क हुने भएको छ।

संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रूपमा राखिएको भन्दै त्यसको कार्यान्वयन गर्ने प्रयासस्वरूप स्वास्थ्य तथा जनंख्यामन्त्री विरोध खतिवडाको सो असपताललाई मंसिर १९ गतेदेिख इमर्जेन्सी सेवा निःशुल्क बनाउन निर्देशन दिएपछि सो व्यवस्था गर्न लागिएको बताइएको छ।

Hardik ivf

अन्य सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट अभियान सुरु गर्न लागिएको मन्त्री खतिवडाको सचिवालयले जानकारी दिएको छ।

अभियानलाई कार्यान्वयनमा लान मन्त्रालयले आवश्यक सहजीकरण र व्यवस्थापनमा गर्ने जनाइएको छ। 

अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको २४ घण्टाभित्र हुने परीक्षण शुल्क, टिकट र सम्भव भएसम्म औषधि पनि निःशुल्क हुने व्यवस्था गरिएको मन्त्री खतिवडाको सचिवालयको भनाइ छ।

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्