Kathmandu Press

मौलाकालिका अस्पतालमा पिआइसियू सेवा सुरु

चितवन, मंसिर १७ः जिल्लामा सञ्चालनमा रहेको मौलाकालिका अस्पतालले आजदेखि आठ शय्याको शिशु तथा बालरोग सघन कक्ष (पिआइसियु) सञ्चालनमा ल्याएको छ । कक्षको बागमती प्रदेशसभा...
मौलाकालिका अस्पतालमा पिआइसियू सेवा सुरु

चितवन, मंसिर १७ः जिल्लामा सञ्चालनमा रहेको मौलाकालिका अस्पतालले आजदेखि आठ शय्याको शिशु तथा बालरोग सघन कक्ष (पिआइसियु) सञ्चालनमा ल्याएको छ । 

कक्षको बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पिआइसियु सेवाको शुभारम्भ गर्दै अस्पतालकासेवा  प्रतिस्पर्धी नभई सहयोगी बन्नुपर्नेमा जोड दिए। अस्पतालका प्रबन्ध निर्देशक डा केशराज भुर्तेलले यस अस्पतालको   सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने जानकारी दिए ।

Hardik ivf

अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले अस्पतालले १०० शय्या क्षमताको अत्याधुनिक भवन निर्माण गरी उच्चस्तरको सेवा दिने तयारीमा रहेको जानकारी दिए। अस्पतालका बालरोग विशेषज्ञ डा स्वेताकुमारी गुप्ताले जिल्लामा आवश्यकताअनुसारको पिआइसियु नहुँदा बिरामीले सेवा पाउन नसकेको जनाउँदै यस अस्पतालले सेवा सुरु गरेसँगै थप बिरामी लाभान्वित हुने वताए। 

सो सेवाअन्तर्गत एक महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई उपचार गरिन्छ । जिल्लाका दुई मेडिकल कलेज र निको बाल अस्पतालबाहेक अन्यत्र यो सेवा नहुँदा बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् । सरकारी अस्पतालमा समेत यो सेवा सुरुआत हुन सकेको छैन ।

मौलाकालिकाले जन्मिएदेखि एक महिनासम्मका बालबालिकालाई उपचार गर्ने १० शय्याको बाल सघन उपचार कक्ष, छ शय्याको सघन उपचार कक्षसमेत सञ्चालन गर्दै आएको छ । अस्पतालमा प्रसूति, हाडजोर्नी, सर्जिकल, मनोरोग, युरोलोजी, मेडिसिन, रेडियोलोजीलगायतका सेवा उपलब्ध रहेको जनाइएको छ।

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्