Kathmandu Press

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, मंसिर १७ : झापाको बिर्तामोड नगरपालिकामा ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, मंसिर १७ : झापाको बिर्तामोड नगरपालिकामा ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

Hardik ivf

मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन्। उनको बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उपचार भइरहेको छ।

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुल नजिकै बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक र ट्रक चालक भद्रपुर–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०६:४३ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्