Kathmandu Press

निर्वाचनपछि कांग्रेसको बहुमतको सरकार : उपसभापति निधि

धनुषा, मंसिर १६ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा कांग्रेसको बहुमतको सरकार बनाउने दाबी गरेका छन्। जनकपुरधाममा नेपाली...
निर्वाचनपछि कांग्रेसको बहुमतको सरकार : उपसभापति निधि
Hardik ivf

धनुषा, मंसिर १६ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा कांग्रेसको बहुमतको सरकार बनाउने दाबी गरेका छन्। जनकपुरधाममा नेपाली कांग्रेसको प्रदेश–२ को अधिवेशनलाई आज उपसभापति निधिले सारा देशले अहिले कांग्रेसको एकमना सरकार आउनुपर्ने आसमा बसेको बताउँदै प्रदेश–२ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट कांग्रेसले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले प्रदेश–२ मा कांग्रेसले सबै सिट नजिते कांग्रेसको बहुमतको सरकार बनाउन गाह्रो बताए। उनले प्रदेश अधिवेशनमा भाग लिन आएका सबै जिल्ला र क्षेत्रका नेतालाई निर्देशन दिँदै भने, 'तपाईंहरु कांग्रेसको जिल्ला र क्षेत्रका नेता हुनुहुन्छ, अहिलेदेखि नै सबै स्थानीय तहको सबै वडादेखि प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेस कसरी जित्छ, त्यस्तो अभियानमा लाग्नुहोस् । अगामी निर्वाचनमा कांग्रेसको बुहमतको जित सुनिश्चित छ।'

उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कांग्रेसले मात्र बनाउन सक्ने भएको हुँदा कांग्रेसको बहुमतको सरकार जनताले चाहेको बताए।

प्रकाशित मिति: १९:३५ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्