Kathmandu Press

मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने दायित्व फेरि कांग्रेसको काँधमा : मन्त्री बडू

कैलाली, मंसिर १६ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने दायित्व फेरि नेपाली कांग्रेसको काँधमा आएको...
मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने दायित्व फेरि कांग्रेसको काँधमा : मन्त्री बडू

कैलाली, मंसिर १६ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने दायित्व फेरि नेपाली कांग्रेसको काँधमा आएको बताएका छन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज यहाँ भर्चुअल माध्यमबाट गरेकाे कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने ऐतिहासिक दायित्वसामु मुलुक उभिएको र मुलुकको यो दायित्वसामु कांग्रेस उभिएको बताए।

Hardik ivf

'कांग्रेसका सामुन्नेमा यति धेरै चुनौतीहरु अहिले छन् र ती चुनौतीको सामना गर्नका निमित्त पनि कांग्रेस तयार छ, संविधानले अहिलेको व्यवस्था पाँच वर्ष नबितिकन ताजा जनादेशमा जाने र खोज्ने ठाउँ छुट दिएको छैन,' मन्त्री बडुले भने, 'त्यसकारण यो संविधानले एकपटक दिएको जनादेश पाँच वर्षसम्म ताजा रहन्छ र पाँच वर्षपछि मात्रै ताजा जनादेशको खोजी गर्छ।' नयाँ चुनाव गराउनका निम्ति पनि पार्टीमा दायित्व आएको उgको भनाइ थियो।

उनले संविधानअन्तर्गत ठीक समयमा स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन गराउने दायित्व पूरा गर्नका निमित्त आज हामी यो अधिवेशनको अभियानमा रहेको उल्लेख गरे। कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बडूले १४औँ महाधिवेशनबाट तयार हुने सङ्गठन एकीकृत, तन्दुरुस्त र अनुशासित मात्र नभई सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सबैलाई अटाउने र सबैलाई समेट्न सक्ने कांग्रेस जनताले आज खोजेको बताए।

एकताबद्ध, सुदृढ, प्रतिष्ठित र अनुशासित कांग्रेस बनाउने अभियानमा हामी रहेको मन्त्री बडूले बताए। महाधिवेशनका लागि प्रदेशका नौवटै जिल्लाका प्रतिनिधि धनगढी पुगिसकेका छन् भने केही पहाडी जिल्लाबाट नेता तथा कार्यकर्ता आउने क्रम जारी रहेको अधिवेशन मूल आयोजक समितिले जनाएको छ।

प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्