Kathmandu Press

बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते

धनगढी, मंसिर १६ : बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–५, ग्वालीका १४ वर्षीय भीम धामी, २५ वर्षीय दीपकसिंह...
बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते

धनगढी, मंसिर १६ : बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–५, ग्वालीका १४ वर्षीय भीम धामी, २५ वर्षीय दीपकसिंह कार्की र प्रहरी जवान दशरथचन्द नगरपालिका–११, बर्तौलीका डम्मर महरा रहेको र उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

Hardik ivf

बैतडीको गोठलापानीबाट दोगडाकेदार गाउँपालिका–४ बसालीतर्फ गइरहेको से१ज २२६ नम्बरको जीप दोगडाकेदार गाउँपालिकाको तारलमा दुर्घटना भएको थियो।

प्रहरीका अनुसार जिप सडकबाट करिब ५० मिटर तल झरेको थियो। गाडीमा १० जना सवार थिए। जिप चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १८:०२ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्