Kathmandu Press

गाँजासहित दुई युवा पक्राउ

गाँजासहित दुई युवा पक्राउ

उदयपुर, मंसिर १६ : चौदण्डीगढी नगरपालिका–४ नमुना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन्।

बुधबार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यलयका प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका–९ कमलपुर बस्ने वर्ष २६ को रुपेश सदा र वर्ष २९ को जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।

Hardik ivf

बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी मार्ग हुँदै सप्तरीको फत्तेपुरतर्फ स ११ प १७९ नम्बरको मोटरसाइलमा जाँदै गरेका उनीहरूलाई बुधबार साँझ गस्तीमा रहेको प्रहरीले खानतलासी गर्दा करिव  एक केजी गाँजा फेला पारेकोे थियो।

व्यावसायिक रुपमा गाँजा ओसारपसार गर्दै आएका दुवैजनालाई आज जिल्ला अदालतबाट  म्याद थप गराइ थप अनुसन्धान गरेर  लागुऔषध विरुद्धको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्