Kathmandu Press

वीर अस्पतालमा ‘नेसनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

काठमाडौं, मंसिर १६ : कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेसनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ।यसअघि स्वास्थ्य...
वीर अस्पतालमा ‘नेसनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

काठमाडौं, मंसिर १६ : कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेसनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो। विश्वस्वास्थ्य संगठनको प्राविधिक सहयोगमा टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको हो। 

Hardik ivf

अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतले कोभिड–१९ का बिरामीलाई फोनबाट नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको बताए। उनले कोभिड–१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्नका लागि टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको जानकारी दिए। सेन्टरबाट स्वास्थ्य सेवा लिनका लागि ११३३ मा फोन गर्नुपर्ने हुन्छ। 

सेन्टरमा आएका समस्यालाई चिकित्सकले फोनबाट समाधान गर्नुका साथै बिरामीको मोबाइल नम्बरमा समस्याको उपाय लेखेरसमेत पठाउनेछन्। चिकित्सकले बिरामीलाई कस्तो समस्या रहेको छ सोहीअनुसार अस्पताल जान वा घरमै बसेर उपचार गर्न सल्लाह दिन्छन्। 

टेलिकल्सन्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ। तीन सिफ्टमा सञ्चालन हुने टेलिकल्सन्टेसन सेन्टरमा अहिले एक सिफ्टमा एक जना चिकित्सक र दुई जना पारामेडिसिन छन्। टेलिकल्सन्टेसन सेन्टरमा अहिले एकैपटकमा तीनजना व्यक्तिले फोन गरी सेवा लिनसक्ने छन्।    

टेलिकल्सन्टेसन सेन्टर शुभारम्भ समारोहमा विश्वस्वास्थ्य सङ्गठन नेपालमा प्रमुख राजेश पाण्डवले अस्पताल आउन नसक्ने बिरामीलाई टेलिकल्सन्टेसन सेन्टरले सहयोग पु¥याउने बताए। 

मन्त्रालयमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ लाई लक्षित गरी कलसेन्टर सञ्चालन गरिएको थियो। कोभिड–१९ सँग सम्बन्धित दैनिक सात हजार जिज्ञासा आउने गरेको चिकित्सक डा. नवराज जोशीले जानकारी दिए।

प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्