Kathmandu Press

मदनभण्डारी लोकमार्ग निर्माणमा देखिएका समस्याबारे सिन्धुलीमाढीमा छलफल

सिन्धुली, मंसिर १६ : मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याका विषयमा आज सिन्धुलीमाढीमा सरोकारवाला निकायसँग छलफल गरिएको छ।प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले उक्त...
मदनभण्डारी लोकमार्ग निर्माणमा देखिएका समस्याबारे सिन्धुलीमाढीमा छलफल

सिन्धुली, मंसिर १६ : मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याका विषयमा आज सिन्धुलीमाढीमा सरोकारवाला निकायसँग छलफल गरिएको छ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले उक्त लोकमार्गसँग सम्बन्धित व्यक्ति तथा संस्थाका पदाधिकारीसँग छलफल गरेको हो।

छलफलमा स्थानीयवासी छत्र बम्जनले राजमार्ग निर्माणमा आफूहरूले अवरोध नगरेको बताए। उनले भने, ‘हिजो राजमार्ग विस्तार किन भएन, थाहा छैन, फेरि अहिले के गरी सुरु भयो त्यो पनि जनतालाई थाहा छैन। यहाँ राज्यले जनतालाई झुक्याउने र छल्ने काम गरिरहेको छ।’ 

Hardik ivf

‘अहिले ११ मिटर सडक विस्तार गर्ने भनिएको छ तर राजमार्ग ११ मिटरको मात्र हुन्छ?’ उनले प्रश्न गरे। सडक ११ मिटरसम्म बनाउँदा हामी खुसी छौं तर सडकसँग जोडिएका जग्गाका नक्सा पास गर्न र धितो राख्न बैंकले सकार्ने हो भने सडक निर्माणमा आफूहरुले अवरोध सिर्जना नगर्ने बताए।

जग्गाामा घर बनाउन, बिक्री वितरण गर्न र धितो राख्न नपाउने हो भने ३३ मिटरकै सडक विस्तार गरियोस् र आफूहरुलाई मुअब्जा दिइयोस्ब म्जमको माग थियो।

यस्तै सबिता कोइरालाले अधिकार प्राप्तिका लागि लडिरहेका व्यक्तिलाई समितिले जानकारी नै नदिर्इ कार्यक्रम गर्नु दुःखद भएको बताए। सर्वसाधारणलाई विकास विरोधिको विल्ला भिराउनुभन्दा उनीहरूका माग सम्बोधन राज्यले गर्नुपर्नेमा उनले जोड दिए। 

घर, टहरा, जग्गा र फलफूलका बिरुवाको उचित मुअब्जा दिएर सडक विस्तार गर्नुपर्नेमा पनि स्थानीयवासी कोइरालाले जोड दिए। छलफलमा कल्याणी खड्काले आयोजना निर्माणमा पूर्व तयारी र छलफल नगर्दा वर्षैसम्म पनि आयोजना सम्पन्न नहुने प्रमुख कारण रहेको बताइन्।

स्थानीयवासीसँग पर्याप्त छलफल गरेर आयोजना निर्माणका प्रक्रिया थालनी गर्नुपर्नेमा त्यसो नहुँदा विवाद बढ्नाका साथै निर्माणमा पनि ढिलाइ भएको उनको भनाइ थियो ।  

सहरलाई मात्र सुविधा  दिँदा र जनताको माग अनुसारका आयोजना सञ्चालन नगर्दा विवाद समाधानमै चुनौती रहेको र  भएको सहर बजार नै विस्तापित गर्नु दुःखद भएको सस्थानीयवासी  खड्काले  बर्ता।

वाग्मती प्रदेशसभा सदस्य प्रदीप कटुवाल र विनोद खड्का, नेकपा (एमाले)  कमलामाई नगर कमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेपाली कांग्रेसका दीपक मिश्र, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सूर्य पाख्रीनलगायतले स्थानीय जनताको भावना कदर गर्न सुझाव दिएका थिए।

विकास निर्माणका कार्यमा लामो समयदेखिको अन्योल हटाउन र समस्या समाधानका लागि सहयोग गर्न स्थानीयवासीसँग उनीहरूले  आग्रह गरेका थिए। आयोजनाले स्थानीयवासीसँग समन्वय नगरी सडक निर्माण गर्दा विवाद सिर्जना भएकाले अव विवाद छिटै  समाधान गरिनुपर्ने ती प्रतिनिधिको भनाइ थियो।

मदन भण्डारी लोकमार्गको हेटौंडादेखि सिन्धुलीमाढीसम्म ११५ किलोमिटरमध्ये कमलामाई नगरपालिका क्षेत्रमा छ किलोमिटर सडक विस्तारमा वर्षौदेखि विवाद कायमै छ।

राजमार्गको १०२ किलोमिटर सडक कालोपत्र भइसकेको छ, भने अब एउटा पुल निर्माण गर्न बाँकी छ। स्थानीयवासीले सङ्घर्ष समिति नै गठन गरेर निर्माणकार्यमा अवरोध सिर्जना गर्दै आएका छन्।

धुरा बजारदेखि खट्टारसम्म राजमार्ग विस्तार गर्दा मानव बस्ती नै विस्तापित हुने भएकाले राजमार्ग निर्माणमा आफूहरूकोे मनोभावनालाई समेट्नुपर्ने उनीहरुको माग थियो।

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्