Kathmandu Press

निससँग रोकियो पिएसजी

काठमाडाैं, मंसिर १६ : लियोनल मेसी, किलियन एम्बाप्पे, सर्जियो रोमासलगायत स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पिएसजी लिग वानमा बराबरीमा रोकिएको छ। बुधबार राति...
निससँग रोकियो पिएसजी

काठमाडाैं, मंसिर १६ : लियोनल मेसी, किलियन एम्बाप्पे, सर्जियो रोमासलगायत स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पिएसजी लिग वानमा बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा लिग वानको शीर्ष क्लब पिएसजी निससँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा अधिकांक सयम निसलाई दबाबमा राखेपनि पिएसजीले गोल भने गर्न सकेन । उसका एन्जल डि मारिया र  एम्बाप्पे गोलका सुन्दर अवसर खेर फालेका थिए ।

पिएसजीले ७१ प्रतिशत बल पोजेसन बनाउँदै निसको पोस्टमा २२ सट प्रहार गरेकोमा ५ सटमात्र फ्रेममा थियो। यता, निसले ४ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

बराबरीपछि शीर्ष स्थानको पीएसीले १६ खेलबाट ४१ अंक जोडेको छ । पीएसजीले एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेस माथि १२ अंकको अग्रता बनाएको छ । निस १६ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति: ०९:५४ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्